५ जेष्ठ २०७८, बुधबार
गृह डाक्टरले विष खाएर गरे आत्महत्या र २ छोरीलाई लिएर आमाले हाम फालिन पानी ट्यांकीमा
डाक्टरले विष खाएर गरे आत्महत्या र २ छोरीलाई लिएर आमाले हाम फालिन पानी ट्यांकीमा

काठमाडौं । भारतको हरियाणाको रोहतकमा एक डाक्टरले विष खाएर आत्महत्या गरेपछि डाक्टरकी श्रीमतीले दुई छोरीसहित वाटर ट्यांकमा हाम फालेकी छन ।

जसका कारण आमा र सानी छोरीको मृत्यु भएको छ । जेठी छोरी भने ट्यांकबाट पौडिएर बाहिर निस्किएकी छन । पुलिसका अनुसार डाक्टर प्रमोद सहारण रोहतकको हेल्थ यूनिभर्सिटीमा नर्सिंग कलेजमा प्रोफेसर थिए ।

उनले बुधवार साँझ ६ बजे कन्हेली गाउँमा बिष खाएर आत्महत्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार उनको आत्महत्याको खबर आएपछि उनकी श्रीमतीले दुई छोरीसहित पानी ट्यांकीमा हाम फालेकी हुन ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर