२४ बैशाख २०७८, शुक्रबार
गृह आईपीएलः पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई हरायो
आईपीएलः पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को छैटौँ खेलमा किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ९७ रनले पराजित गरेको छ । पञ्जाबका कप्तान लोकेश राहुलले नटआउट रहँदै सर्वाधिक १ सय ३२ रनको इनिङ्ग्स खेले ।

बैंग्लुरु उनले बनाएको स्कोरसम्म पनि पुग्न सकेन र १७ ओभरमा मात्र १ सय ९ रनमा आउट हुन पुग्यो । आईपीएलमा पञ्जाबको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०११ मा बैंग्लुरुलाई नै १ सय ११ रनले हराएको थियो ।

आरसीबीका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाए । एबी डिविलियर्सले २८ तथा एरोन फिन्चले २० रन बनाए । पञ्जाबका लागि रवि विश्नोई र मुरुगन अश्विनले ३–३ विकेट लिए ।

२०७ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लुरुको सुरुवात निकै खराब रह्यो । उसले मात्र ४ रनमा तीन विकेट गुमाएको थियो ।

पञ्जाबका कप्तान केएल राहुलले १४ चौका र ७ छक्काको मद्दतले १ सय ३२ रनको शानदारी पारी खेले । यो सिजनको पहिलो शतक हो । उनको शतकको मद्दतले पञ्जाबले ३ विकेटको क्षतिमा २०६ रन बनायो । राहुलको आईपएलमा दोस्रो शतक हो । योसँगै उनी आईपीएलमा सबैभन्दा ठूलो स्कोर बनाउने भारतीय बनाएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर