२४ बैशाख २०७८, शुक्रबार
गृह कोरोना संक्रमित बढेपछि बारबर्दिया मा निषेधाज्ञा
कोरोना संक्रमित बढेपछि बारबर्दिया मा निषेधाज्ञा

बर्दिया । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बर्दियाको बारबर्दिया नगरपालिकाले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गएराति १२ बजेदेखि लागू हुनेगरि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिएका छन् । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए । देशभर १ सय २० दिन लामो लकडाउन, त्यसपछि पुनः करिब १ महिना लामो निषेधाज्ञा लगाइएको थियो ।

कोरोनाको संक्रमणदर बढेको भन्दै पुनः निषेधआदेश लगाउने क्रम सुरु भएको हो । सरकारले संक्रिय संक्रमितको संख्या २५ हजार पुगे पुनः लकडाउन गर्ने जानकारी गराइसकेको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर