२६ बैशाख २०७८, आईतवार
गृह युइएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाइ
युइएफए सुपर कपको उपाधि बार्यन म्युनिखलाइ

एजेन्सी । युरोपियन च्याम्पियन बार्यन म्युनिखले युइएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा च्याम्पियन्स लिग च्याम्पियन बार्यन म्युनिखले युरोपा लिग च्याम्पियन सेभिल्लालाई २–१ ले पराजित गरेको हो ।

खेलको १३ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पोसले गोल गरी सेभिल्लालाई सुरुवाति अग्रता दिलाएका थिए । तर ३४ औँ मिनेटमा गोरेट्ज्काले बार्यन म्युनिखका लागि बराबरी गोल फर्काए ।

त्यसपछि निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट थप गोल भएन र खेल अतिरिक्त समयमा धकेलियो । १०४ औँ मिनेटमा मार्तिनेज एगुइनागाले गोल गरी बार्यन म्युनिखलाई जित दिलाएका हुन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर