२६ बैशाख २०७८, आईतवार
गृह जम्मू कश्मिरका चर्चित वकिलको हत्या, केहि दिनअघि ट्वीटरमा लेखेका थिए ‘असुरक्षित छु’
जम्मू कश्मिरका चर्चित वकिलको हत्या, केहि दिनअघि ट्वीटरमा लेखेका थिए ‘असुरक्षित छु’

श्रीनगर । जम्मु कश्मीरका चर्चित वकिल तथा अधिकारकर्मी बाबर कादरीको हत्या भएको छ । मोटरसाइकलमा आएका दुई जनाले अन्धधुन्ध गोली प्रहार गरी उनको हतया गरेका हुन् ।

जम्मु कास्मी उच्च अदालतमा वकालत गर्दै आएका उनी टेलिभिजन बहसहरुमा सहभागी हुन्थे र आफ्नो कुरा प्रस्टसँग राख्न सक्ने ब्याक्ति थिए । श्रीनगरमा रहेको उनको घरमा बिहबिार राती बन्दुकधारीले उनीमाथि हमला गरेका हुन्।

३९ वर्षका वकिलले आफूविरुद्ध गलत प्रचार भइरहेको सोसल मिडियामार्फत् जानकारीसमेत गराएका थिए। उनलाई एजेन्सीहरुुसँग काम गरेको आरोप लगाउँदै सोसल मिडियामा प्रचारबाजी भएपछि उनले प्रहरीलाई ध्यानाकर्षण समेत गराएका थिए।

उनको अन्तिम ट्विटमा एउटा फेसबुक स्क्रिनसट पोस्ट गरिएको छ जसमा उनीमाथि लगाइएको लान्छनाबारे लेखिएको छ। जम्मु प्रहरीको मिडिया सेन्टरलाई समेत ट्याग गरेर उनले आफ्नो ज्यान असुरक्षित रहेको समेत उल्लेख गरेका थिए।Image

केही वर्ष अघि उनका ससुरा गुलाम कादिर वानीलाई पनि आतंकवादीले मारेका थिए।रातिसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताइएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर