२ जेष्ठ २०७८, आईतवार
गृह चीनले तयार गर्यो परमाणु बम्बर र क्रुज मिसाइल
चीनले तयार गर्यो परमाणु बम्बर र क्रुज मिसाइल

काठमाडौं । पछिल्लो केहि महिना यता भारत र चीनबीचको सम्बन्ध बिग्रिँदै गईरहेको छ । गत जून १५ मा लद्दाखमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको निधन भएको थियो भने पछिल्लो झडप २८ अगस्टमा १ भारतीय सैनिकको ज्यान गएको थियो ।

अहिले पनि चीन र भारतको बीचमा विवाद जारी रहेको छ । दुबै देशले सीमामा लडाकू विमानदेखि सैन्य शक्ति बढाईरहेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यसैबीच चीनले सीमा निजक बिनाशकारी हतियार सहितको एच (परमाणू बम्बर र क्रुज मिसाइल तैनाथ गरेको हो ।  भारतको सीमा क्षेत्रभन्दा १ हजार १५० टाढा चीनले यी दुबै परमाणु हतियार तैनाथ गरेको हो ।

यो परमाणू बम्बरको तस्वीर ओपन सोर्स इन्टेलिजेन्स एनालिस्ट ड्ट्रेस्फाले जारी गरेको हो । तस्वीरमा बम्बरको केडी(६३ अट्यका क्रूज मिसाइल पनि देखिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर