५ जेष्ठ २०७८, बुधबार
गृह पाल्पा पहिरो : वेपत्ता भएका ५ जना मध्ये २ को शव भेटियो
पाल्पा पहिरो : वेपत्ता भएका ५ जना मध्ये २ को शव भेटियो

पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा परि वेपत्ता भएकामध्ये ५ जनामध्ये दुई जना महिलाको शव फेला परेको छ ।
आज दिउँसो उनीहरुको शव फेला परेको तर पहिचान भने नभएको बताइएको छ ।

बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । पहिरोमा परेर ६३ वर्षीय हुमबहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी गाहा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिनी खुमिसरा आले र सात वर्षीया नातिनि लक्ष्मी गाहा बेपत्ता भएका थिए ।

बेपत्तामध्ये आज दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर