२४ बैशाख २०७८, शुक्रबार
गृह तल्काल विद्यालय संचालन नगर्न प्रशासनले दियो चेतावनी
तल्काल विद्यालय संचालन नगर्न प्रशासनले दियो चेतावनी

स्याङजा । स्याङ्जा प्रशासनले जिल्लामा तत्काल शैक्षिक गतिविधि संचालन नगर्न सुझाव दिएको छ । सुझावलाई उल्लंघन गरी कोरोना संक्रमण फैलिए उत्पन्न परिस्थितिको जिम्मेवारी स्थानीय पालिका वा विद्यालयले नै लिनुपर्ने गरी चेतावनी दिएको छ ।

जिल्लामा हाल संक्रमणको दर बढिरहेको जनाउँदै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयलाई पठनपाठन अघि नबढाउन विज्ञप्तिमार्फत जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा जारी विज्ञप्तीमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरितका कार्य गर्ने प्रयास भएको उल्लेख छ । विज्ञप्तिमा ’प्रत्यक्ष सिकाइ अवलम्वन गरी सरकारले गरेको निर्णय विपरीत संचालन गर्न खोजिएको पाइएकाले सामुदायिक तथा संस्थागत विद्यालय संचालन गरी संक्रमण फैलिएमा सोको जिम्मेवारी सम्बन्धित विद्यालय र पालिका रहने भनि सचेत रहन सुझाव दिइएको छ ।

प्रशासनका अनुसार विद्यालय संचालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही हुने तय गरिएको छ । केही शिक्षक र उनीहरुका परिवारमा समेत संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि अध्ययन अध्यापन नगर्न भनिएको हो ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल सरकारले शैक्षिक गतिविधि चैत्र ६ गते देखिनै रोक लगाउँदै आएको छ । निर्देशिका विपरित कार्य गरेमा संक्रमक रोग ऐन २०२० अनुसार कारबाही हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर