२ जेष्ठ २०७८, आईतवार
गृह दार्चुलाको छाङरु पुगे गृहमन्त्री
दार्चुलाको छाङरु पुगे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दार्चुलाको छाङरु पुगेका छन् । त्यहाँ स्थापना गरिएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्याशका लागि थापा शुक्रबार बिहान दार्चुला पुगेका हुन् ।

सदरमुकाम खलंगाबाट मन्त्री थापा हेलिकोप्टर चढेर दिउँसो छाङरु पुगेको उनका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए । टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत रहेका छन् ।

छाङरुमा भवन शिलान्याश गर्ने कार्यक्रम आयोजना गरिएको छ । मन्त्रिपरिषदको असार २९ को निर्णयले सदरमुकाम खलंगामा रहेको गुल्मलाई छाङरुमा सार्ने निर्णय गरेको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर