२४ बैशाख २०७८, शुक्रबार
गृह अस्वभाविक बढ्यो चिनीको आयात, दुइ महिनामै भित्रियो ५ लाख १० हजार किलो
अस्वभाविक बढ्यो चिनीको आयात, दुइ महिनामै भित्रियो ५ लाख १० हजार किलो

काठमाडौं । चालु आर्थि बर्षको दुइ महिनामा मात्रै चिनीको आयात अस्वाभाविक रुपमा बढेको देखिएको छ । चालु आर्थिक बर्षको साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

यहि समयमा गत बर्ष भने १ एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएको थियो । नेपाली उत्पादकले उत्पादन गरेको र सहुलियतमा सरकारले वितरण गर्ने चिनीको मौज्दात सकिएसंगै चिनीको आयात बढेको हो ।

भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टट्रेडिङले ७२ रुपैयाँ किलोमा बिक्री गर्ने चिनी सकिएपछि चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ हाराहारी पुगेको छ ।

आयात बढेपनि चिनीको मूल्य नघट्दा व्यापारीको नाफा बढेको छ भने अझ लामो समयलाई मौज्दात हुनेगरी चिनीको आयात हुँदा स्वदेशी चिनी नबिक्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर