५ जेष्ठ २०७८, बुधबार
गृह प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन
प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन

काठमाडौं । प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । दक्षिण भारतीय तथा हिन्दी फिल्मका प्रख्यात गायक बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा चेन्नईस्थित एक अस्पतालमा मृत्यु भएको हो ।

सन् १९८० को दशकदेखि गाउन थालेका सुब्रमण्यमले १९८१ मा पहिलोपटक हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा गाएका थिए। यो गीतबाट उनले नेशनल अवार्ड जितेका थिए ।

उनले करिब ४० हजार गीत गाएको बताइन्छ । विश्वमा सबैभन्दा बढी गीत गाएर उनले गिनिज वल्र्ड रेकर्ड पनि बनाएका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर