७ माघ २०७८, शुक्रबार
गृह प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन
प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन

काठमाण्डौ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि गोपाल बुढाथोकी चयन भएका छन् । श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गरेका छन् । यसअघि किशोर श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा पत्र बुझाएका थिए । श्रेष्ठको पदावधि असोज १२ गते सकिँदैछ ।


Facebook Comments

हरेक खबर खास खबर