२४ बैशाख २०७८, शुक्रबार
गृह डा. केसीको जिवनरक्षा गर्न विवेकशिल नेपालीको माग
डा. केसीको जिवनरक्षा गर्न विवेकशिल नेपालीको माग

काठमाडौं । विवेकशील नेपाली दलले १२ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागहरुप्रति सरकार संवेदनशील नभएको आरोप लगाएको छ ।

दलकी उपाध्यक्ष अजिता राईले डा. केसीको मागका विषयमा छलफल गर्न सरकारले वार्ता समिति गठन गरेर जीवनरक्षा गर्न सरकारसँग माग गरिन् । सरकार डा. केसीका मागप्रति जिम्मेवारपूर्ण रूपमा प्रस्तुत नभएको र यो खेदपूर्ण भएको बताइन् ।

जुम्लाबाट काठमाडौं ल्याउने क्रममा विमानस्थल बाहिरबाट प्रहरी प्रशासनले डा. केसीमाथि बल प्रयोग गर्दै जबरजस्ती ट्रमा सेन्टरमा लगिनु खेदजनक व्यवहार भएको दलले जनाएको छ ।केसी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर