२४ बैशाख २०७८, शुक्रबार
गृह उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिरमा हुने निश्चित, गृहले दियो सहमति
उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिरमा हुने निश्चित, गृहले दियो सहमति

काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघलाई ५४औं साधारणसभा गर्न सहमति दिएको छ । महासंघको ५४औं साधरण सभाका लागि तय भएको मंसिर ११ र १२ गतेका लागि गृहले सहमति दिएको हो ।

अघिल्लो शुक्रबार बसेको महासंघको पदाधिकारीको बैठकले चैतदेखि रोकिएको नेतृत्व चयन समेतको साधरण सभा मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । निर्णयसँगै महासंघले गृहसँग सहमति मागेको थियो ।

गृहले पनि विद्युतीय माध्यमबाट एक पटकमा २५ जनाभन्दा बढी नहुने गरी सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सम्बन्धित मापदण्ड पालन गरेर साधरण सभा गर्न सहमति दिएको हो ।

गृहले असोज ९ गते सहमति दिएको हो । योसँगै अब भने महासंघको ५४औं साधरण सभा हुने निश्चित भएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर