२ जेष्ठ २०७८, आईतवार
गृह महामारीले पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन
महामारीले पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन

काठमाडौं ।  प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोना महामारीले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोना महामारीको असरको अध्ययन गर्दै सम्मुन्नत सामाजिक बहावमा गुणात्मक अभिबृद्धिको कार्यसम्पालन गर्न मन्त्रीपरिषद्को कार्यालय, गृहमन्त्रालय र महिला बालबालिका मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै महामारी सम्बोधनका लागि पुराना कानून भएपनि अहिलेको अवस्थामा नयाँ कानूनी र नीतिगत व्यवस्था गर्न र गराउन साथै उल्लेखित बिषयहरुमा लैङिक पाटोलाई समेत बिषेश ध्यान दिन बैठकले सरकारलाई निर्देशन दिएको छ ।

महामारीको प्रभाव सवैभन्दा बढि अस्थाइ खालका काममा संलग्न श्रमिक तथा बिपन्न बर्गमा परेकोे र महामारीका कारण यस्तावर्गको दैनिक जिवनयापन कठिन भएको भन्दै तत्काल कोरोनाले प्रभाव पारेको समूदायको तथ्याङ्क स्थानीय तहले अभिलेखिकरण गरि आवश्यकता अनुसार सहयोग गर्नुपर्ने देखिएकाले अभिलेखिकरण र आवश्यक सहयोग गर्न पनि सरकारलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् ।

बैठकले पिसिआर परिक्षणका लागी हालै शुक्रराज अस्पतालमा भीड देखिएको भन्दै महिला बालबालीका जेष्ठ नागरिक र फरक रुपले सवल अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर