२६ बैशाख २०७८, आईतवार
गृह जनताले तिरेको करबाट प्रधानमन्त्रीले तलब भत्ता खाने, तर जनतालाई धोका दिने ?: डा. केसी
जनताले तिरेको करबाट प्रधानमन्त्रीले तलब भत्ता खाने, तर जनतालाई धोका दिने ?: डा. केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै १२ दिनदेखि अनसनरत डा.गोविन्द केसीले दुई वर्षअघि सम्झौता गरिएको माग प्रधानमन्त्री ओलीले कार्यान्वन गर्न रोकेको बताएका छन् ।

उनका अनुसार प्रधानमन्त्री ओली प्रधानमन्त्री हुँदा पाँचौ पटकको सत्याग्रहमा भएको र माग पूरा गर्ने सहमति गरे पनि कुनै पनि माग पूरा गरेका छैन् ।

उनले प्रश्‍न गरे, जनताले तिरेको करबाट तलब भत्ता खाने तर सोही जनतालाई धोका दिने ? अहिले आफूले राखेको ६ बुँदे माग सामान्य पूरा गर्न सक्ने माग रहेको उनले बताए ।

त्रिवि शिक्षण अस्पतालमा वरिष्ठको आधारमा नियुक्ति हुँदै आएकोमा प्रधानमन्त्री ओलीले अहिले आफ्नै कार्यकर्ता भर्ती गरेको आरोप लगाएका छन् । यो कुरा तत्काल सच्याउनुपर्ने उनले बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर