२ जेष्ठ २०७८, आईतवार
गृह डलर साट्न बोलाएर ५ लाख लुटियो, ‘डलर हो’ भन्दै कागजको पोको दिएर फरार
डलर साट्न बोलाएर ५ लाख लुटियो, ‘डलर हो’ भन्दै कागजको पोको दिएर फरार

काठमाडौं । नेपाली रुपैंयासंग डलर साँट्न बोलाएर ५ लाख लुटपाट भएको छ । काठमाडौंको धापासी बस्ने गोरखा घर भएका शुदर्शन थापालाई ३ जना मिलेर बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट स्थित रोज भिलेजमा बोलाएर उनीहरुले ‘डलर हो’ भन्दै कागजको पोको दिएर ५ लाख लुटेर भागेका हुन् ।

पोर्चुगल बसेर फर्केका ३० वर्षीय थापालाई लुटेरा समूहले सस्तोमा डलर साट्दा ५० प्रतिशत फाइदा हुने भन्दै नाफा बाँड्ने आश्वासन दिएका थिए । लुटपाटमा संलग्न मध्ये एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर