५ जेष्ठ २०७८, बुधबार
गृह नक्कली नोटले सुनका गहना किन्ने दुइजना पक्राउ
नक्कली नोटले सुनका गहना किन्ने दुइजना पक्राउ

काठमाडौं । नक्कली नोट दिएर सुनको गहना लिइ फरार दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौ महानगरपालिका–२१ टेकु घर भइ भक्तपुर सल्लघारी बस्दै आएका २६ वर्षिय एक्युज तुलाधर र असनका २७ वर्षिय अभय महर्जनलाइ पक्राउ गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राइले जानकारी दिएका छन् ।

उनीहरुले गत असोज १ गते डम्बर बहादुर रिजालको ललितपुर नखिपोटस्थित जय मां दुर्गे जेम्स एण्ड ज्वेलरि हाउसमा गइ ४ तोला ६५ लाल तौलको ३ वोटा गहना जोख्न लगाइ १ हजार दरको ४ सय ६५ थान नोट दिएर बिल बनाउदै गर्दा गहना लिएर फरार भएका थिए ।

उनीहरुको साथबाट ४ सय ६५ थान नक्कली नोट फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख राइले बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर