२ जेष्ठ २०७८, आईतवार
गृह पिसिआरमा बढी शुल्क लिने ल्याबलाई सरकारको अन्तिम चेतावनी, अटेर गरे लाइसेन्स खारेज
पिसिआरमा बढी शुल्क लिने ल्याबलाई सरकारको अन्तिम चेतावनी, अटेर गरे लाइसेन्स खारेज

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण थाहा पाउन गरिने पिसिआर परीक्षणमा बढी शुल्क लिने ल्याबहरुलाइ अन्तिम चेतावनी दिएको छ ।

धेरै ल्याबहरुले तोकेको शुल्कभदा बढि लिने गरेको पाइएकाले तोकेकै शुल्क अर्थात २ मै परिक्षण गर्न अन्तिम चेतावनी दिएको हो ।
यदि दुइ हजार भन्दा बढि शुल्क लिएको पाइए लाइसेन्स खारेज गरिदिने चेतावनी समेत दिएको छ ।

ल्याबहरुको नियमन गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक सूचना जारी गर्दै बढी शुल्क लिएको पाइए लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिएको हो ।

यस्तै सरकारले २ हजारभन्दा बढी शुल्क लिएको पाएमा प्रयोगशालामा तत्कालै सूचना दिनसमेत सर्वसाधारणलाइ आग्रह गरेको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर