२ जेष्ठ २०७८, आईतवार
गृह गृहमन्त्री थापाले गरे दार्चुलामा नेपाल नम्बर ५० गुल्मको उद्घाटन
गृहमन्त्री थापाले गरे दार्चुलामा नेपाल नम्बर ५० गुल्मको उद्घाटन

दार्चुला । गृहमन्त्री रामबहादुर थापाले नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् । भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिका १ छाङरुको गागामा स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उनले उद्धाटन गरेका हुन् ।

एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र प्रहरी बल राखेको हो । आफ्नो भूमिको रक्षाका लागि गएको वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राखिएकोमा अहिले स्तरोन्नति गर्दै गुल्म राखिएको हो ।

गएको असार २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको हो । अहिले व्यासको गुल्ममा प्रहरी नायब उपरीक्षक (डीएसपी) धीरेन्द्र शाहले नेतृत्व गरेका छन् ।

गृहमन्त्री थापासँगै छाङरुमा सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, लगायत सहभागी छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर