२ जेष्ठ २०७८, आईतवार
गृह युक्रेनमा विमान दुर्घटनाः २५ जनाको मृत्यु
युक्रेनमा विमान दुर्घटनाः २५ जनाको मृत्यु

युक्रेनमा विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ । शुक्रबार बिहान विमान दुर्घटनमा परेको बताइएको छ । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा विमानमा रहेका २५ जनाको मृत्यु भएको बताएको हो ।

युक्रेनका स्थानीय पत्रिकाहरूले उक्त विमान इन्जिन फेल भएका कारणले दुर्घटनमा परेको बताएका छन् । रक्षा मन्त्रालयले इन्जिन फेल भएका कारण विमान दुर्घटना भएको बताएको छ ।

तर, यो प्रारम्भिक रिपोर्ट मात्र भएको बताउँदै मन्त्रालयले थप अनुसन्धान जारी रहेको जनाएको छ । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर