२ जेष्ठ २०७८, आईतवार
गृह सिमाको रक्षा सुरक्षाकर्मी भन्दा बढि स्थानियबाट गर्न सकिन्छः गृहमन्त्री
सिमाको रक्षा सुरक्षाकर्मी भन्दा बढि स्थानियबाट गर्न सकिन्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् ।

दार्चुलाको खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले सिमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने बताए ।

दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए ।

उनले यस क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर