५ जेष्ठ २०७८, बुधबार
गृह डडेल्धुराको शिर्षबाट अबैध काठसहित २ जना पक्राउ
डडेल्धुराको शिर्षबाट अबैध काठसहित २ जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा अबैध काठ सहित २ जना पक्राउ परेका छन् । जिल्लाको परशुरामा नगरपालिका वडा नं ३ शिर्षबाट ओसारी रहेका २ जना पक्राउ परेका हुन् ।

शुक्रबार राति अवैध काठ काटी ओसारी रहेको ट्याक्टर र दुई जना व्यक्तिलाई सवडिभिजन वन कार्यालय परशुराम र प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिर्षकै पुर्णसिंह धामी र मनिाराज टमाटा रहेका छन् ।

उनीहरुबाट चिरान गरेको सालको २५ थान कडी समेत बरामद गरिएको डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिएका छन् ।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा र बरामद गरिएको काठ डिभिजन वन कार्यालयमा राखिएको थियो । अहिले उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा लगिउको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

यसअघि पनि आलिताल गाउँपालिकाको डोला गोदाम चक्रपथ सडक निर्माण गर्ने निँहुमा सालका हरिया रुखहरु काटेर लुकाइएको अवस्थामा फेला परेका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर