२४ बैशाख २०७८, शुक्रबार
गृह डा. केसीका माग सम्बोधन गर्न सरकार उदासिन, प्रदर्शनमा उत्रिएका २ दर्जन सर्मथक पक्राउ
डा. केसीका माग सम्बोधन गर्न सरकार उदासिन, प्रदर्शनमा उत्रिएका २ दर्जन सर्मथक पक्राउ

काठमाडौं । बिभिन्न ६ बुँदे माग राख्दै अनसनमा बस्नुभएका डा. गोबिन्द केसीका मागहरु सम्बोधन गर्न र केसीको जिवनरक्षा गर्न सरकार उदासिन देखिएको छ ।

अनसन बसेको १३ दिन बितिसक्दा पनि सरकारले कुनै चाँसो नदेखाएको हो । स्वायं डा. केसीले पनि माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने बताइरँदा र कोरोना भाइरस महामारीका बीच केसीका माग पुरा गर्न माग गर्दै प्रदर्शनमा उत्रिदा समेत सरकारले केसीका माग सम्बेधनका लागि कुनै पहल गरेको छैन ।

जुम्लाबाट आफ्नो १९ औँ पटककको अनसन थालेका डा. केसीलाइ काठमाडौं ल्याइ शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसीको जीवन रक्षा र केसीसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको माग गर्दै समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा आजपनि प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागि करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेको थियो ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गरेका थिए । शिक्षण अस्पतालमा उपचाररत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर