२ जेष्ठ २०७८, आईतवार
गृह कंगोमा सहसेनानीबाट निर्घात कुटिए नेपाली सैनिक
कंगोमा सहसेनानीबाट निर्घात कुटिए नेपाली सैनिक

काठमाडौं । कंगो मिसनमा खटिएका नेपाली सेनाका जवान आफ्नै कमान्डरबाट निर्घात कुटिएका छन् ।

ज्वाला गणबाट कंगोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट निर्घात कुटिएका हुन् । उनको शरिरमा शरीरमा गम्भीर नीलडाम छ ।

विदेशी भूमिमा आफ्नै सैनिक कुटेर बहादुरी देखाउने ३ सहसेनानी इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल हुन् । कुटिएका माझीको शरीरमा गहिरो नीलडाम भए पनि कुटिएका अन्य सैनिक जवानहरूमा भने त्यस्तो नदेखिएको बताइएको छ ।

नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन शुरु गरेको छ । शान्ति स्थापनार्थ त्यहाँ तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृत छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सेनाले बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको जानकारी दिइएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर