२६ बैशाख २०७८, आईतवार
गृह लकडाउन अवधीको घरभाडा छुट गर्न राष्ट्रिय विद्यार्थी संघ धनुषाको माग
लकडाउन अवधीको घरभाडा छुट गर्न राष्ट्रिय विद्यार्थी संघ धनुषाको माग

धनुषा । लकडाउन अवधीको शिक्षण शुल्क तथा घरभाडा मिनाहा गर्न माग गर्दै राष्ट्रिय विद्यार्थी संघ जिल्ला कार्यसमिति धनुषाले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापनपत्र बुझाएको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम क मगर्नका लागि देश लकडाउनमा भएका बेला मौका छोप्दै स्कुल तथा क्याम्पसहरुले विद्यार्थीहरुबाट जथाभावि भाडा पेंसा असुल्ने खल शुरु भएको भन्दै यसप्रति ध्यानाकर्षण गर्न भनिएको छ ।

साथै लकडाउनका बेलाको विद्यार्थीहरुको घरभाडामा छुटको ब्यबस्था मिलाउन आग्रह गरिएको छ । विश्व नै संकटमा रहेका बेला घरभाडाका निम्ती घरपेटीहरुले विद्यार्थीहरुलाइ थप आतंकित बनाएको ज्ञापन पत्रमा उल्लेख छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर