५ जेष्ठ २०७८, बुधबार
गृह इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित निकालेको हो ।

ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले जित निकालेको हो । खेलमा ४०औँ मिनेटमा पाएको पेनाल्टीमा माउपेले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेट पछि नै डन्कको आत्मघाती गोलपछि म्यानचेस्टर युनाइटेड बराबरीमा पुगेको थियो । खेलको ५५औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसको पासलाई उत्कृष्ट रुपमा अघि बढाउँदै रासफोर्डले गोल गरेका थिए ।

पहिलो हाफदेखि नै ब्राइटन अट्याकमा बढिरहेको थियो। तर म्यानचेस्टर युनाइटेडले अतिरिक्त समयमा नै पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले गोल गर्दै जित दिलाएका थिए ।

यसअघि गएको हप्ता क्रिस्टल प्यालेससँग ३ १ ले पराजित भएको म्यानचेस्टर युनाइटेडको लिगमा यो पहिलो जित हो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर