२६ बैशाख २०७८, आईतवार
गृह प्रिमियर लिग: चेल्सी बराबरीमा रोकियो
प्रिमियर लिग: चेल्सी बराबरीमा रोकियो

प्रिमियर लिग फुटबलमा चेल्सी वेस्ट ब्रोमसँग ३–३ को बराबरीमा रोकिएको छ । शनिबार राती भएको खेलमा नव प्रवेशी क्लब वेस्ट ब्रोमसँग चेल्सी बराबरीमा रोकिएको हो ।

वेस्ट ब्रोमको घरेलु मैदान द हावथोन्र्समा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सीसँग अंक बाढ्न बाध्य भएको हो । घरेलु टोलीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

खेलको चौथो मिनेटमा कालुम रोबिन्सनले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए । उनले माथ्युस पेरेइराको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । २५ औं मिनेटमा रोबिन्सनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेट नबित्दै किले बार्टलेले गोल गरे । उनले डर्नेल फुर्लोङको पासमा गोल गर्दै वेस्ट ब्रोमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

तर, दोस्रो हाफमा पुनरागमन गर्दै चेल्सीले खेल बराबरीमा ल्यायो । ५५ औं मिनेटमा मोसन माउन्टले अज्पिलिकुइटाको पासमा गोल गर्दै खेल ३–१ को स्थितीमा ल्याए । ७० औं मिनेटमा हाभर्टजको पासमा कलुम हुड्सन ओडाईले गोल गरे । खेलको इन्जुरी समयमा टमी अब्राहमले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर