५ जेष्ठ २०७८, बुधबार
गृह भारतीय पूर्व मन्त्री सिंहको निधन
भारतीय पूर्व मन्त्री सिंहको निधन

भारतीय जनता पार्टीका संस्थापक सदस्य तथा पूर्व केन्द्रीय मन्त्री जसवंत सिंहको निधन भएको छ ।

आइतबार विहान दिल्लीको आर्मी अस्पतालमा ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वमन्त्री सिंहको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत गहिरो शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा सिंहले भारतीय समाज र राजनीतिमा गरेको योगदान अविस्मरणीय रहेको र भारतीय जनता पार्टीलाई सुदृढ बनाउन स्वर्गीय सिंहले खेलेको भूमिका सधैँ स्मरणीय रहने समेत बताएका छन् ।

सिंह अटल विहारी बाजपेयी सरकारको पालामा वित्त, रक्षा र विदेश मन्त्री भएका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर