२६ बैशाख २०७८, आईतवार
गृह प्रकाशमान सिंहले अत्यावश्यक कामबाहेक भेटघाट नगर्ने
प्रकाशमान सिंहले अत्यावश्यक कामबाहेक भेटघाट नगर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अत्यावश्यक कामबाहेक भेटघाट नगर्ने भएका छन् । कोरोना महामारीमा पनि भौतिक दूरी कायम गर्दै निरन्तर भेटघाट गरिरहेका सिंहले अब भने भेटघाट कम गर्न लागेको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

हाल काठमाडौं उपत्यकामा हरेक दिन कोरोना संक्रमितको संख्या अधिक मात्रामा बढ्दै गइरहेको भन्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएको सिंहले अत्यावश्यक कामबाहेक भेटघाटका लागि नआउन आग्रह गरेका छन् ।

जटिल परिस्थितिलाई बुझेर सहयोग गरिदिन भन्दै उनले कोरोनाबाट सुरक्षित रहन पनि आग्रह गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति उठ्ने बताएका सिंहको निवास चाक्सीबारीमा पछिल्लो समय भेटघाट बाक्लिएको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर