१२ माघ २०७८, बुधबार
गृह कोइला खानीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु
कोइला खानीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु

सांघाई । चीनको दक्षिण पश्चिम स्थित चोङचिङ नगरपालिकाको कोइला खानीमा भएको दुर्घटनामा १६ जनाकमे मृत्यु भएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्हजारका अनुसार कमजोर औद्योगिक सुरक्षामा कारण उक्त दुर्घटना भएको हो । उक्त दुर्घटना चोङचिङको साङजाओ कोइला खानीमा भएको र जुन स्थानीय ऊर्जा कम्पनीसँग सम्बन्धित भएको स्थानीय अधिकारीले बताएका छन् ।


चीनका कोइला खानीहरु विश्वकै सबभन्दा जोखिमपूर्ण भएको र जसअनुसार खानीभित्रै अत्यधिक मात्रामा कार्बन मोनोक्साइड जम्मा भएकाले मृत्यु भएको स्थानीय अधिकारीहरुले समाचार संस्था सिन्ह्वालाई जानकारि दिएका छन् ।

खानीमा १७ कामदारहरु थुनिएका थिए । जसमध्ये एकजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

उक्त दुर्घटना हुने बित्तिकै ७५ जनाको उद्धार टोली र ३० जनाको मेडिकल टिम घटनास्थल पुगेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Facebook Comments

हरेक खबर खास खबर