५ जेष्ठ २०७८, बुधबार
गृह यो हप्ता विदेशमा कोरोनाबाट २१ नेपालीले ज्यान गुमाए
यो हप्ता विदेशमा कोरोनाबाट २१ नेपालीले ज्यान गुमाए

काठमाडौं । यो हप्ता कोरोना संक्रमणबाट थप २१ नेपालीको ज्यान गुमाएका छन । कुवेतमा पाँचजना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा एकजना गरी शनिबार साँझसम्म २१ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । साथै १७ देशमा रहेका २६५ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोनाबाट संक्रमति भएका हुन । तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण निको भएका छन । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।

यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोनाको संक्रमण देखिएको समितिका संयोजक डा संजीव सापकोटाकाले जानकारी दिए ।

कोरोनाकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ जनाको मृत्यु भएको छ । विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ८८ हजार ९१ जना कोरोना भाइरसबाट मुक्त भएका छन ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर