२६ बैशाख २०७८, आईतवार
गृह बाघको आक्रमणबाट एकजनाको मृत्यु
बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । सोमबार पूर्र्वी चितवनको रत्ननगर नगरपालिका–६ का ५५ वर्र्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले बताए ।

यसअघि गत शनिबार पनि पश्चिम चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । आक्रमणपछि शव समेत नछाडेपछि डार्ट गरेर आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर