२ जेष्ठ २०७८, आईतवार
गृह काँग्रेस सभापती देउवा बिरुद्ध पौडेल समुहद्धारा विरोधपत्र दर्ता
काँग्रेस सभापती देउवा बिरुद्ध पौडेल समुहद्धारा विरोधपत्र दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षि नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा बिरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले विरोधपत्र दर्ता गराएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र दर्ता गराइएको हो । केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीले सभापति देउवाले पछिल्लो समय गरेका निर्णय सच्याउन माग गर्दै विरोधपत्र दर्ता गराएका हुन् ।

यसअघि आइतबार नै विरोधपत्र दर्ता गर्ने पौडेल समुहको तयारी थियो । तर पछि अन्तयमा गएर सोमबार पत्र बुझाउने भनि सारिएको थियो । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोप लगाउँदै पछिल्लो समयमा गरिएको निर्णय सच्याउनुपर्ने माग राखेर पौडेल समूहले विरोधपत्र दर्ता गराएको हो ।

पौडेल समूहको शनिबार बसुन्धरामा सम्पन्‍न गुटको भेलाले सभापति देउवलाई पछिल्ला निर्णयहरु सच्याउनका लागि दबाब दिन हस्ताक्षरसहितको विरोधपत्र बुझाउने निष्कर्ष निकालेको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर