२ जेष्ठ २०७८, आईतवार
गृह कोरोना संक्रमित बढेपछि बर्दियामा जोर बिजोर
कोरोना संक्रमित बढेपछि बर्दियामा जोर बिजोर

बर्दिया । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि बर्दियामा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले भोलिदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जोर बिजोर प्रणालीसँगै जिल्लाका सबै पसलहरू शनिबार पूर्णरूपमा बन्द गर्ने र अन्य दिनमा बिहानको १० बजेदेखि बेलुका ५ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै सेवा प्रवाह गर्ने सरकारी तथा गैरसरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूले गर्ने कार्यक्रममा रोक लगाइएको तथा समूह गठन गर्न र पाँचभन्दा बढी व्यक्ति भेला नहुन सूचनामार्फत आग्रह गरिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर