१२ माघ २०७८, बुधबार
गृह मेक्सिकोः रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
मेक्सिकोः रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

मेक्सीको । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा भएको हिंसामा परी ११ जनाको हत्या भएको छ । समाचारमा जनाइएअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले सोमबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए ।

मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रेष्टुरेन्ट भित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परेर त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको छ ।


त्यस हिंसामा परेर ७ जना पुरुष र ४ जना महिला मारिएका छन् । अरु केही कर्मचारीहरु घाइते पनि भएका समाचारमा जनाइएको छ ।

Facebook Comments

हरेक खबर खास खबर