२ जेष्ठ २०७८, आईतवार
गृह दशै तिहार लक्षित सहुलियत पसल असोज १५ देखि सञ्चालन हुने
दशै तिहार लक्षित सहुलियत पसल असोज १५ देखि सञ्चालन हुने

कठमाडौं ।  हरेक बर्षझैं यस बर्ष पनि सरकारले दशैंलक्षित सहुलियत मूल्य पसल असोज १५ गते बाट सञ्चालन गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म देशैभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालन गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

बजारको महँगी नियन्त्रण गर्न काठमाडौं उपत्यकामा १३ सहित देशभर ६० वटा सहुलियत पसल खोल्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

निर्णयअनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच, साल्ट ट्रेडिङले पाँच, तथा दुग्ध विकास संस्थाले तीन गरी १३ वटा पसल सञ्चालनमा आउने छ । उपत्यकाबाहिर खाद्यको २४ वटा कार्यालय र साल्ट ट्रेडिङको २३ कार्यालयमार्फत सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले यस वर्ष माग कम हुने अनुमान गरेर च्याङ्ग्रा र खसी बोकोको संख्या एक हजारले कटौती गरेको छ । यस अघि १६ सय खसी बोका र १४ सय च्याङ्ग्रा गरी तीन हजार गोटा खरिद गर्ने छलफल भएपनि दुई हजार मात्रै च्याङ्ग्रा र खसी बोका ल्याउने कम्पनीले निर्णय गरेको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर