२ जेष्ठ २०७८, आईतवार
गृह नियम उल्लंघन गर्ने ११ सय सवारी चालक कारवाहीमा
नियम उल्लंघन गर्ने ११ सय सवारी चालक कारवाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही गरेको छ । नियम उल्ल्ांघन गर्ने ११ सय सवारी साधनलाई कारवाही गरेको हो । कोरोना भाइरसको महामारी बढ्दै गएको समयमा जोरबिजोर प्रणाली उल्लघंन गर्ने मोटरसाइकल, कार, बसलगायतलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालका अनुसार बिहानदेखि दिउँसो १२ बजेसम्ममा १ हजार १ सय सवारी साधनलाई कारवाही गरेको हो । ‘पछिल्लो समयमा जोरबिजोर प्रणाली उल्लघंन गर्ने सवारी साधनको संख्या बढेकाले हामीले निगरानी बढाएको हौं,’ एसएसपी ढकालले लोकान्तरसँग भने ।

साथै महाशाखाले उपत्यकामा चेकिङ प्वाइन्ट बढाएर सवारी साधनको चेकजाँच बढाएको छ । जोरबिजोर उल्लघंन गर्ने सवारी साधनलाई २ घण्टा होल्ड गरेर जुन ठाउँबाट आएको हो त्यही ठाउँमा पठाउने गरेको महाशाखाले जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर