२४ बैशाख २०७८, शुक्रबार
गृह फेरि बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता जारी, भागबन्डामा कुरो मील्न सक्ला त ?
फेरि बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता जारी, भागबन्डामा कुरो मील्न सक्ला त ?

काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । मन्त्रिमण्डल पुर्नगठनका लागि लगातार बिहिबार भेटवार्ता भएपनि मन्त्रिमण्डल पुर्नगठन हुन सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डका विषयमा दुवै अध्यक्ष निरन्तर छलफलमा छन । स्थायी कमिटी बैठक र सचिवालय बैठकले दिएका सुझावसहित दुवै अध्यक्षले केही मापदण्डसहित मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफलमा छन ।

तर, निरन्तर भेटवार्ता भएपनि दुवै अध्यक्षबीच भागबन्डामा कुरो मिल्न सकेको छैन्। । अध्यक्ष प्रचण्डले मन्त्रालय फुटाउने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जानकारी दियो । सरकारका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको पुर्नगठन गर्ने तयारी गरेका हुन ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर