२४ बैशाख २०७८, शुक्रबार
गृह ब्रोइलर कुखुराको चल्लामा रङ लगाई लोकल कुखुरा भनेर बेच्न खोज्ने ४ जना पक्राउ
ब्रोइलर कुखुराको चल्लामा रङ लगाई लोकल कुखुरा भनेर बेच्न खोज्ने ४ जना पक्राउ

काठमाडौं । ब्रोइलर कुखुराको चल्लामा रङ लगाई लोकल भनेर बेच्न खोज्ने ४ जना प्रकाउ परेका छन । काठमाडौंको कलंकीबाट प्रहरीले २८ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ । चितवनबाट काठमाडौं ब्रोइलर कुखुराको चल्ला ल्याएर रङ परिवर्तन गरेर बेच्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको अविनाश मोर्डन ह्याचरी बाट चल्ला ल्याएका उनीहरुले कलंकी र स्यूचाटारमा रहेको आफ्नो पोल्टिफर्ममा राखेर रङ परिवर्तन गरेका थिए ।  ब्रोइलर कुखुराको चल्लालाई रङ बदलेर ‘लोकल चल्ला’ भन्दै बेच्न खोज्ने ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।  पक्राउ पर्नेमा ४५ बर्र्षीया चन्दा शाह, ४२ बर्षीया प्रेम शिला देवी जैसवाल, वकिल खाँन र सुनिता जैसवाल छन ।

बारा कचोर्वा घर भएकी प्रेमशिला देवीको काठमाडौं–१४ स्थित जैसवाल पोल्ट्री सप्लायर्समा चितवनबाट ल्याएको १० हजार मध्ये १५ सय चल्लाको रंग परिवर्तन गरेको भेटिएको छ । प्रतिचल्ला १० रुपैयाँमा खरिद गरेका उनीहरुले झुक्याएर एउटा चल्लाको ८० देखि एक सय रुपैयाँमा बेच्न लागेको एसपी राठौरले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका वकिल खानले ३ सय, सुमित्रा जैसवालले १ सय ५० र चन्दादेवी शाहले ७ हजार वटा चल्लाको रङ परिवर्तन गरेको भेटिएको छ ।  चल्लाको रङ परिवर्तन गरेर महंगोमा बेच्नेलाई कालाबाजारी ऐन अनुसार मुद्धा चलाउनको प्रहरीको तयारी छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर