२ जेष्ठ २०७८, आईतवार
गृह बागमती प्रदेशसभा सदस्य सिग्देललाई कोरोना संक्रमण
बागमती प्रदेशसभा सदस्य सिग्देललाई कोरोना संक्रमण

हेटौंडा । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष समेत रहेकी उनले आफूलाई कोरोना संक्रमण पुष्टि सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार सार्वजनिक गरेकी हुन् ।

असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन् ।

आफ्नो सवास्थ्य अवस्था सामान्य रहेको होम आइसोलेसनमा बसेको उनले जानकारी दिइन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर