९ माघ २०७८, आईतवार
गृह बिपी कोइराला प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्न माग गर्दै चिकित्सकहरू आन्दोलित
बिपी कोइराला प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्न माग गर्दै चिकित्सकहरू आन्दोलित

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सकहरुले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गदै बिहीबारदेखिको आन्दोलन जारी राखेका हुन् ।

उनीहरुले आफ्ना न्युनतम माग समेत पुरा गर्न नसक्ने उपकुलपतिलाई बर्खास्त गर्न माग गरेका हुन् । फ्याकल्टीहरुको अढाई वर्षदेखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्नुपर्ने, बृद्धि भएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता पाउनुपर्नेलगायत माग गर्दै आन्दोलनमा उत्रिएको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष बिष्णु पोखरेलले बताए ।


भदौ १९ गते माग पत्र बुझाएर फ्याकल्टीहरुले गत बिहीबारबाट धर्नासहित शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । प्रतिष्ठानका सिनियर चिकित्सकहरुले उपकुलपतिले जथाभावी गरेको नियुक्ति र सरुवा बढुवाको पनि विरोध जनाएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर