५ जेष्ठ २०७८, बुधबार
गृह लिम्पियाधुरा सहितको नक्सा समावेश भएको पुस्तक वितरण गर्न नेविसंघको माग
लिम्पियाधुरा सहितको नक्सा समावेश भएको पुस्तक वितरण गर्न नेविसंघको माग

काठमाडौं । प्रतिपक्षि दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेको संशोधित नक्सा उल्लेख गरिएको पुस्तक विद्यार्थीलाई उपलब्ध गराउन माग गरेको छ ।

नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै संशोधित नक्सा भएको उक्त पुस्तक वितरण गर्न माग गरेका हुन् ।

शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि तयार पारेको सन्दर्भ सामग्री पुस्तक तथ्यगत त्रुटि हुन सक्ने भन्दै प्रधानमन्त्रीले अहिले वितरण नगर्न निर्देशन दिएका थिए ।

उक्त पुस्तक विद्यार्थीलाई उपलब्ध गराउन ढिलाइ गर्न नहुने नेविसंघ महामन्त्री दीपक भट्टराईले बताएका छन् । केही त्रुटि भए सच्याएर भए पनि उक्त पुस्तक तत्काल वितरण गर्नुपर्ने उनको भनाइ छ ।

Photo: SETOPATI 

Facebook Comments
+ posts

हरेक खबर खास खबर