५ जेष्ठ २०७८, बुधबार
गृह कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलर माग
कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलर माग

काठमाडौं । संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेकी छन् ।
कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उनले बताएकी हुन् ।

“विश्व नै अहिले आपतकालीन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,” उनले भनिन् ।

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वव्यापी यो महामारी अत्यका लागि सवैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

न्यून तथा मध्यम आर्थिक अवस्था भएका देशहरुलाई सहयोगको थप आवश्यकता भएको तर्फ उहाँले विश्वको ध्यान जानुपर्ने बताइन् ।

विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ–आफ्नो ठाउँबाट सवैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उहाँले जानकारी दिइन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर