५ जेष्ठ २०७८, बुधबार
गृह मध्य अफगानिस्तानमा बिष्फोट हुँदा १५ जनाको मृत्यु
मध्य अफगानिस्तानमा बिष्फोट हुँदा १५ जनाको मृत्यु

काठमाडौं । मध्य अफगानिस्तानको डेकुन्डी प्रान्तमा बम बिस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका प्रवक्ता तारिक आरियनका अनुसार डकुन्डीको कर्जान जिल्लामा तालिबान लडाकू समूहले बिछ्याएको भूमिगत बारुदी सुरुङ बिस्फोटबाट ठूलो क्षति पुगेको हो ।

उनले बिस्फोटबाट मारिनेहरुमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

अफगान सरकार र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता जारी रहेकै अवस्थामा सशस्त्र भिडन्त र बम बिस्फोटनका घटना रोकिएका छैनन् । अन्तर–अफगान वार्ता गत सेप्टेम्बर १२ देखि जारी छ ।

दुबै पक्षले अफगानिस्तानमा जारी लामो सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दिर्घकालीन युद्धबिराम गर्न प्रयासरत रहेको बताएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर