५ जेष्ठ २०७८, बुधबार
गृह बजारमा कालोबजारी शुरु भएकाले अनुगमन गर्न सांसदहरुको माग
बजारमा कालोबजारी शुरु भएकाले अनुगमन गर्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले चाडपर्व नजिकिदै गर्दा उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् ।

सांसद देवेन्द्र पौडेलले बजार मूल्यमा समानता नभएको, अस्वभाविक रुपमा मूल्य बढेकाले नियन्त्रण गर्नुपर्ने बताए । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिएका हुन् ।

सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मूल्य वृद्धि भइरहेको बताए । अस्वभाविक रुपमा मूल्यवृद्धि गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर