५ जेष्ठ २०७८, बुधबार
गृह यसबर्ष दशैंमा बली नचढाउन आग्रह
यसबर्ष दशैंमा बली नचढाउन आग्रह

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना भाइरस माहामारीका कारण यस वर्ष दसैंमा बोका बली नचढाउन आग्रह गरेको छ ।

जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान तथा दसैं मेला लगाउने युवा क्लवका प्रतिनिधिहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यस वर्षको दसैंमा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका शक्तिपिठहरुमा बोकाबली नचढाउन र मेला लगायत मानिसको भीड लाग्ने कुनै पनि गतिविधि नगर्ने निर्णय गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर