९ माघ २०७८, आईतवार
गृह सुनसरीका कोरोना संक्रमितको मृत्यु
सुनसरीका कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा सुनसरीका कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारत सुनसरीको हरिनगरा–२ का ५० वर्र्षीय पुरुषको उपचारकै क्रममा बिहान ७ ः ३० बजेतिर मृत्यु भएको जानकारी अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले दिए ।

दाहालका अनुसार श्वास फेर्न गाह्रो भएकोभन्दै पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालको फोक्सो वार्डमा भर्ना गरिएको हो । उनका अनुसार चिन्ताजनक अवस्थामा अस्पताल भर्ना भएका पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना पुष्टि भएपछि नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएपनि संक्रमितलाई बचाउन नसकिएको उनको भनाइ छ ।


दाहालले दिएको जानकारी अनुसार मृतकमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या थियो । कोरोनासँगै फोक्सोमा फैलिएको संक्रमण नियन्त्रण गर्न नसक्दा संक्रमित पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।

Facebook Comments

हरेक खबर खास खबर