२४ बैशाख २०७८, शुक्रबार
गृह २० देखि ४० वर्षसम्मका मानिस बढी संक्रमित
२० देखि ४० वर्षसम्मका मानिस बढी संक्रमित

दाङ । दाङमा कोरोना संक्रमित हुनेमध्ये २० देखि ४० वर्ष उमेर मानिस बढी रहेको पाइएको छ । जिल्लामा हालसम्म २० देखि ४० वर्षसम्म उमेरका ७२८ जना व्यक्तिहरुलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालाय दाङले जानकारि दिएको छ । । स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दका अनुसार पाँच वर्षसम्मका १३ जना, ५ देखि १० वर्षसम्म १४ जना, १० देखि २० वर्षसम्मका १८४ जनामा संक्रमण भएको हो ।
४० देखि ५० वर्षसम्मका १२५ जना, ५० देखि ६० वर्षसम्मका ६७ जना र ६० वर्षभन्दा माथिका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । संक्रमित भएकामध्ये ९० प्रतिशत सर्वसाधारण, ३८ प्रतिशत स्वास्थ्यकर्मी , ३४ प्रतिशत नेपाली सेना, ४१ प्रतिशत कर्मचारी , ७ प्रतिशत जनप्रतिनिधि रहेका फोकल पर्सन चन्दले जानकारी दिए ।

दाङमा मंगलबारसम्म १७ हजार १०९ जनाको स्वाब परीक्षण गर्दा ११ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २४७ जना महिला र ८९८ जना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यस्तै, बितेको २४ घण्टामा दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१ जना डिस्चार्ज भएका छन्। अहिले क्वारेन्टाइनमा ७६ जना रहेका छन्। यीमध्ये होम क्वारेन्टाइनमा ४१ जना रहेका छन्।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १० स्थानीयतहमा भारत तथा तेस्रो मुलकबाट ८ हजार ११ जना आएका हुन । भारतबाट सात हजार एकजना र तेस्रो मुलुकबाट एक हजार १० जना आएका छन्। जिल्लामा हालसम्म तीन जना संक्रमितको मृत्यु भएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर