२६ बैशाख २०७८, आईतवार
गृह कर्मचारीमा कोरोना संक्रमण देखिए पछि श्रम स्वीकृति बन्द
कर्मचारीमा कोरोना संक्रमण देखिए पछि श्रम स्वीकृति बन्द

काठमाण्डौं । वैदेशिक रोजगार विभाग कार्यालायका कर्मचारीमा कोरोना सैक्रमण देखिए पछि श्रम स्वकृति बन्द गरिएको छ । विभगाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको जनाएको छ । सहकर्र्मीमा कोरोना संक्रमण देखिएपछि विभागमा कार्यरत कर्मचारी पनि कन्ट्र्याक्ट ट्रेसिङमा परेका छन।

गत फागुन २९ गतेबाट बन्द रहेको श्रम श्रीकृति असार १८ गतेबाट सरकारले खुला गरेको थियो । श्रम स्वीकृति बन्द भएपछि वैदेशिक रोजगारीमा जाने युवा अन्योलमा परेका थिए । सरकारले भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर